चुपचाप
ऊ चुपचाप छ
बत्ति निभाउ
अध्यारेा
अनि फेरि चुपचाप ।
ऊ हिजेा पनि चुपचाप थियेा
अाज पनि चुपचाप
वर्तमान अनिणयित छ
भविष्य फगत छ
भेालीकेा सधै भेाली हुन्छ
ऊ
भेाली पनि चुपचाप ।
नारा जुलुस चारैतिर
कतै मासिदैछन्
कतै भासिदैछ
फगत अासु झर्दैछन्
दिन जटिल बन्दैछ
स्थिति बिग्रीदैछ
उसले कानमा तेल हालेकेा छ
प्रश्नले उत्तर पाएकेा छैन
समय कुद्दैछ अघि
ऊ झन् पछारिदैछ पछाडि
तैपनि ऊ चुपचाप छ
भएकै शिर
खस्छ
ऊ फेरि चुपचाप ।
सुतेकेापेा उठ्छ
ऊ त अभिनयकर्ता भा'छ
घटिसके
घट्दैछन्
र
घट्नेछन् घटनाहरु
ऊ अवलकनकर्ता भा'छ
सबै अन्येालमा छन्
तर ऊ चुपचाप छ
एउटा जीवन
अस्त हुन्छ
अनि फेरि चुपचाप ।।